५ आश्विन २०८१ शनिबार
image/svg+xml

लागूऔषध सेवन गरी लठ्ठिएर तीनजनाले गरे साथीको हत्या

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का किशोरलाई साथीहरु मिलेर हत्या गरी फालिदिएको खुलेको छ। चैत ३० गत्ते फेला परेको १८ वर्षीय सुरज साह सोनारलाई तीन जना साथी मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मेडिकलबाट लागुऔषध बिक्री आरोपमा आमा र २ छोरा पक्राउ

पाल्पामा मेडिकल हलबाट लागुऔषध बिक्री वितरण गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङमा रहेको सरस्वती मेडिकल हलबाट सञ्चालक सरस्वती खनाल र उनका छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।

लागुऔषधसहित एक जना पक्राउ

लकडाउनको मौंका छोपी लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले लहान नगरपालिका–२० का २२ वर्षीय मोहम्मद मोहदिम मियालाई नवराजपुर गाउँपालिका–५ बाट लागुऔषध ४७ एम्पुल सुईसहित पक्राउ गरेको हो ।

सशस्त्रद्वारा लकडाउन छिचोल्दै गहुँको बोराभित्र लुकाएर ल्याइएको लागुऔषध नष्ट

सशस्त्र प्रहरी बल सर्लाहीले गहुँको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको लागुऔषध मंगलबार नष्ट पारेको छ ।

लागुऔषध ब्राउनसुगरसहित २ युवा पक्राउ

आफ्नै सुरक्षाका लागि घरमै बस्न सरकारले जारी गरेको लकडाउनका बेला पनि प्रहरीको आँखा छलेर रातारात जंगलको बाटो गरेर लागुऔषध ओसारपसार तथा कारोबार गर्ने क्रम उदयपुरमा रोकिएको छैन। लकडाउन सुरु भएको १६औं दिनभित्र तेस्रोपटक लागुऔषधसहित युवाहरु पक्राउ पर्नुले यो कुराको पुष्टि गरेको छ।

लागुऔषध गाँजासहित दुई पक्राउ

लकडाउनको मौका छोपी लागुऔषध जाँगा व्यापार गर्ने दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ विशेष सुराकीको आधारमा उदयपुर एक र सप्तरीका एक जनालाई गाँजासहित पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ।

दुई युवा ९० थान लागुऔषधसहित पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को त्रासले १० दिनयता लकडाउन जारी छ। घोषित लकडाउन सफल पार्न चारैतिर नेपाल प्रहरी र सशस्त्र जवान सुरक्षामा खटिरहेका छन्। यस्तो समयमा पनि लागुऔषध प्रयोग, ओसारपसार र बिक्री वितरण भने चलिरहेकै पाइएको छ। उदयपुरसँग सिमाना जोडिएको सप्तरीतर्फको जंगलबाट लागुऔषधसहित उदयपुरका २ युवा बुधबार साँझ पक्राउ परेका छन्। सप्तरीसँग जोडिएको त्रियुगा नगरपालिका २ खुदियाही जंगल भएर दक्षिणी भेगबाट भित्रिदै गरेको बेला ९० थान लागुऔषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुई देशको ‘लकडाउन’ले छेकेन लागुऔषध सेवनकर्तालाई

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गत चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि नेपाल सरकारले मुलुकभर लकडाउन घोषणा गर्‍यो। लकडाउन घोषणासँगै भारतीय सीमाबाट सर्वसाधारणको ओहोरदोहोर एवं सवारी साधन आवतजावतमा पूर्ण रुपले प्रतिबन्ध लाग्यो।

१५ दिनमै ३२ किलो चरेससहित ७ जना पक्राउ

कृष्णनगरको पश्चिमी नाकाहरू लागुऔषध चरेस निकासीको ‘ट्रान्जीट प्वाइन्ट’ बनेका छन्। पहाडी जिल्लाहरू रूकुम, रोल्पा लगायतका जिल्लामा उत्पादन हुने चरेसजिल्लाका त्यही नाका हुँदै भारत तर्फ लैजाने गरेको पाईएको हो।

लागुऔषधसहित एक जना पक्राउ

जिल्लाको सम्सी गाँउपालिका–६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित दुई पक्राउ

साढे ४ ग्राम लागऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २५ वर्षे रोशन राई र देउमाई नगरपालिका–९ का २० वर्षे विशाल सिवा रहेका छन्।

१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार राति चौदण्डीगढी ४ को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागुऔषध र गाँजासहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर प्रहरीले खैरो हिरोइनलगायत बिभिन्न प्रतिबन्धित लागुऔषधसहित ३ युवालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति ८ बजेर ३० मिनेमा सदरमुकामबाटै त्रियुगा ११ संगमटोलका १८ वर्षीय राहुल श्रेष्ठलाई २० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

ब्राउन सुगरसहित दुई युवक पक्राउ

सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्