५ माघ २०८२ सोमबार
image/svg+xml

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगमा पैसाको चलखेल भएको भन्दै भिडियो देखाएपछि उनलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा पोखराबाट पक्राउ गरेको हो ।

‘राम-जानकीको बिहे भएको ठाउँ छोडेर ‘डेस्टिनेसन वेडिङ’ गर्न जयपुर किन जाने ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले विश्व प्रसिद्ध राम-जानकी विवाह सम्पन्न भएको पवित्र भूमि जनकपुरधामलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरेका छन्।

जेन-जी आन्दोलनका शहीद: अधुरो सपना छोडेर सधैँका लागि बिदा भए विनोद

‘भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?’ जेन-जी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भनेका शब्द हुन् यी।

काठमाडौंमा हामीले भाषणमा होइन, व्यवहारमा समाजवाद लागू गर्यौं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले आफूले काठमाडौं महानगरपालिकामा भाषणमा नभई व्यवहारमै समाजवाद लागू गरेर देखाएको दाबी गरेका छन्।

कांग्रेसको टिकट वितरणमा कोइराला समूह असन्तुष्ट

निर्वाचनका लागि पार्टीले कुन मापदण्डमा कसरी टिकट वितरण गरिरहेको छ भन्ने कुरा यकिन नभएको कोइराला समूहको दाबी छ ।

बालेनले भने- अब काठमाडौं पशुपति दर्शन गर्न आउनुस्, अधिकार माग्न धाउनुपर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।

काठमाडौंका दशमध्ये नौंमा राप्रपाले तय गर्यो उम्मेदवार, पाँचबाट कमल थापा

राप्रपाका एक नेताकाअनुसार, काठमाडौं क्षेत्र नम्बर १ बाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार बन्ने भएका छन् ।

मनिषले भने- एकचोटि मौका दिनुस्, अर्को चुनावमा ‘रिपोर्ट कार्ड’ लिएर आउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गरेका छन्।

मनोनयन दर्ता गर्न मोरङ हिँडे सुनिल शर्मा

नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीले उनलाई आज त्यस क्षेत्रको टिकट प्रदान गरेको हो।

जनकपुरलाई ‘अध्यात्मको राजधानी’ बनाउने मनिष झाको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरलाई विश्वभर अध्यात्मको राजधानीका रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेन-जी आन्दोलनपछि पहिलो पटक झापा पुगेर ओलीले भने- जस्तोसुकै अवस्थामा पनि चुनावमा भिड्छौँ

‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’ उनले भने, ‘हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ।’ निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उनको आग्रह थियो।

अमरेशको उद्घोष- बालेन ‘महानायक’ हुन्, प्रधानमन्त्री दिने बेला आयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन शाह देशको महानायक भएकाे बताएका छन्।

बढ्दैछ चुनावी रन्को, कास्की–२ मा एमालेले फेर्यो उम्मेद्वार

निर्वाचन तिथि नजिकिँदै जाँदा गण्डकी प्रदेशमा पनि चुनावी माहोल तातेको छ। दलहरु निर्वाचनमा होमिने उम्मेदवारको टुंगो लगाउने हतारोमा छन्। केही दलले उम्मेदवारको टुंगो लगाईसकेका छन। उम्मेदवारको टुंगो नलगाएका दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन। आफ्नो पक्षमा उम्मेदवारी हत्याउन केन्द्र धाउने नेता पनि पर्याप्त छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्