केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुट्योः अध्यक्ष ओली
बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन्।
बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन्।
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गरे।
नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गरिन्, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गरेकी थिइन्।
उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा प्रचण्डको कहिल्यै पनि सकारात्मक भूमिका भएन।
केन्द्रमा नेकपा (एमाले) विभाजनको अवस्थामा पुगेपछि पार्टीका नेता–कार्यकर्तासमेत धमाधम आफ्नो ‘कित्ता’ स्पष्ट गर्दैछन्। तर, जिल्लामा केही दिनअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेता–कार्यकर्ता चाहिँ माधवकुमार नेपालले नयाँ दल दर्ताकप्रक्रिया सुरु गरेपछि ‘छलफल’मा मात्र जुट्दैछन्। र, आफू कुन कित्तामा रहने भन्नेमा खुलिसकेका छैनन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताएका छन्।
‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दैउनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्। अरू कसैको साथ चाहिन्न। त्यो जत्थाले के भन्छ। एमसिसी पास गर्ने कि नगर्ने?’
प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै फेरि पनि सरकारमा जाने बताएका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नभएर देशको सेवा गर्नका लागि जन्मिएको बताएका छन्।
नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ। केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ।
'सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो? यति कमजोर प्रधानमन्त्री। चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो। यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ।’
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।