१४ आश्विन २०८१ सोमबार
image/svg+xml

'ए' डिभिजन लिग सकियाे, मनाङले उचाल्याे आठौं पटक उपाधि

शहिद स्मारक ए डिभिजन लिग सकिएको छ। यो सिजनको लिगको उपाधि आठौं पल्ट मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। मनाङले लिग अन्तर्गतका आफ्ना २ खेल खेल्न बाँकी छदै उपाधि सुरक्षित गरिसकेको थियो। अपराजित रहँदै लिगको उपाधि हात पार्ने मनाङको सपना भने पुरा हुन सकेन।

मनाङ्गेको सपथ सभामुखको टाउको दुखाई

सभामुख नेत्रनाथ अधिकारी आफै बिरामी छन्। टाउकोको शल्यक्रिया गरेका अधिकारीलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन्। पत्रकारको प्रश्नमा पनि उनले सटिक जवाफ दिने गर्दछन्। पूर्ण रुपमा ठिक भई नसकेका उनै सभामुख नेत्रनाथ अधिकारीलाई अहिले एक व्यक्तिको सपथग्रहण टाउको दुखाई बनेको छ। सभामुखको टाउको दुखाउने व्यक्ति अरु कोही नभएर मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे हुन।

प्रदेशसभामा मनाङे प्रभाव : सभामुखले भोलिपल्टै कुरा फेरे

आइतबार मात्रै राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सपथ नखुवाउने निर्णय लिएका सभामुख नेत्रनाथ अधिकारीले सोमबार नै कुरा फेरेका छन्। आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकपछि बोल्दै सभामुख अधिकारीले प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथग्रहण गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए।

सपथ ग्रहण नगराउने निर्णयमा मनाङेको प्रतिक्रिया : यिनीहरुलाई कानुन नसिकाई भएन

कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्।

मनाङेलाई तत्काल सपथ ग्रहण नगराइने

अघिल्लो साता सपथग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका राजीव गुरुङ उर्फ दिपक मनाङेले तत्काल सपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे हाे।

मनाङे माननीय बन्लान त ?, सपथको टुंगो आज

गण्डकी प्रदेशसभा सचिवालयमा अघिल्लो हप्ता सपथग्रहणको निवेदन दिएका राजीव गुरुङ उर्फ दिपक मनाङेको विषयमा कार्यव्यवस्था समितिको बैठक आइतबार (आज) बस्दैछ। सभामुखको अध्यक्षता रहने बैठकबाट मनाङेको सपथको फैसला हुनेछ।

मनाङेको शपथबारे दलहरू मौन, सांसद दुई कित्तामा

सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्।

मनाङेको विषयमा प्रदेशसभा अन्याेलमा

जेल परेर धरौटीमा रिहा भए, प्रदेशसभा सचिवालयमा सदस्यको हैसियतमा सपथको निम्ति निवेदन दिए, उनको मुद्दाको फैसला भएको छैन, दोषी ठहर पनि भएका छैनन्, निर्दोष सावित पनि भएका छैनन्। कानुनमा स्पष्ट व्यवस्था नभएको हुँदा राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा प्रदेशसभा अलमलिएको छ।

मनाङमा माइनस २१ डिग्री

हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

हुम्ला र मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ। बिहीबार दिउँसाेदेखि हिउँ पर्न सुरू भएदेखि लगातार परिरहेकाे छ। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ।

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।

मनाङ र बारामा सिधा जहाज सञ्चालन

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतकाे आदेश बमाेजिम छाेडिएकाे हाे।

मनाङको जित लय निरन्तर

लिगको नयाँ क्लब च्यासल युथलाई ३–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शतप्रतिशत नतिजालाई मंगलबार पनि निरन्तरता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्