१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सपथ ग्रहण नगराउने निर्णयमा मनाङेको प्रतिक्रिया : यिनीहरुलाई कानुन नसिकाई भएन

पोखरा - कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्।

तपाईलाई सपथ ग्रहण नगराउने निर्णय सभामुखले गर्नुभएको छ, यसमा तपाईको प्रतिक्रिया के छ भनेर नागरिककर्मीले फोनमार्फत प्रश्न गर्दा उनले भने, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन।’ उनले अगाडि थपे, ‘उनीहरु हावाहावा कुरा सोच्छन, उनीहरुले बैठक बस्ने कुरा नै होईन, मुख्य न्यायधीवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन्।'

तर, आजको निर्णय त सभामुखले मुख्य न्यायधीवक्तासहित परामर्श समितिका सदस्यहरुको छलफलबाट लिनुभएको हो, तपाईले भनेजस्तो सर्वदलीय बैठकबाट निर्णय भएको होईन नि भन्ने प्रश्नमा उनले भने, ‘उस (मुख्य न्यायधीवक्ता) लाई भेटेर मैले सल्लाह दिएको हो, सल्लाह उनीहरुले होईन मैले दिने हो, विदेशमा पढेको मान्छे रहेछ, यहाँ आएर राजनीतिक नियुक्ती भएको मान्छे हो ऊ, उनीहरुलाई थाहा रहेनछ, सपथ ग्रहण गर्न मिल्दैन भनेर लिखित रुपमा दिनुपर्‍याे, सर्वदलीय बैठक बोलाउनै नपर्ने विषय हो।’ सोमबार पोखरा आउने र थप सल्लाह गर्ने उनले बताए।

प्रकाशित: २२ पुस २०७५ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App