१ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढीका कारण २० हजार फसे

थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।

थाइल्याण्डमा बाढी, २० हजार फसे

थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

वायुसेवा निगम व्यवस्थापन अक्षम रहेकाे निष्कर्ष

नेपाल वायुसेवा निगमकोे वर्तमान व्यवस्थापन समूह संस्थाको सेवा सञ्चालन गर्न सक्षम नरहेको एक प्रतिवेदनले देखाएको छ।

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।

संसदमा हिन्दीमा बोल्दै अनिल झाले भनेः बाढी र डुबानको दोष भारतलाई नलगाउ

राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्।

ढल व्यवस्थापनमा ३२ करोड

सोलुुदूधकुण्ड नगरपालिकाको बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि थप ३२ करोड रकम स्वीकृत भएको छ। मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ दोर्पुबजार क्षेत्रको ढल व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले ३२ करोड ५५ लाखको बजेट स्वीकृत गरेको छ।

बंगलादेशी मन्त्रीले भनेः हामी नेपालबाट सिक्न चाहन्छौं

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन्।

विद्यार्थीको रोजाइ होटेल व्यवस्थापन

आजकल विद्यार्थीहरूमा कक्षा ११ र १२ पढाई सकेका हुंदैनन् घर परिवार, साथीभाइ, इष्टमित्र सवै तिर अब कहाँ पढन जाने भनेर सोध्न र सोच्न थालन्छन् । विदेश नै गएर पढ्ने त भनाइ त सामान्य नै भइसक्यो ।

बैंक सफलताका सारथि

सरकारी संस्था भन्नासाथ बेथिती, अव्यवस्था, राजनीति र अन्त्यमा घाटा हुन्छ भन्ने आम बुझाइ छ। कतिपय त्यस्ता संस्था पनि छन्, जसले निजी क्षेत्रका संस्थालाई टक्कर त दिएकै छन्, आफूलाई अब्बल स्थापित पनि गरेका छन्।

व्यवस्थापन नहुँदा वधशाला दुर्गन्धित

ओखलढुंगाको सदरमुकामस्थित वधशाला दुर्गन्धित भएको छ। सिद्धिचरण नगरपालिकाद्वारा सञ्चालित सो वधशालाको सरसफाइमा नगरपालिकाले चासो नदिँदा दुर्गन्धित भएको हो।

गाडी किन्ने रकम एम्बुलेन्स व्यवस्थापनमा

उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकीछिन्।

'प्लास्टिक फोहोरमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ'

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मूल्यांकन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकाय र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने समय आएको बताए।

महागढीमाई मेला व्यवस्थापन गरिने

विश्वप्रसिद्ध गढीमाई मेलामा आउने ६० लाखभन्दा बढी भक्तजनलाई ध्यानमा राखी महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मूल कमिटी विस्तार गरेको छ। पाँच÷पाँच वर्षमा लाग्ने सो मेलामा विश्वमै सबैभन्दा बढी पशुबलि दिइने गरिएको छ।

अनियमितताको गुनासो बढेपछि व्यवस्थापन समिति खारेज

दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्