बारा - विश्वप्रसिद्ध गढीमाई मेलामा आउने ६० लाखभन्दा बढी भक्तजनलाई ध्यानमा राखी महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मूल कमिटी विस्तार गरेको छ। पाँच÷पाँच वर्षमा लाग्ने सो मेलामा विश्वमै सबैभन्दा बढी पशुबलि दिइने गरिएको छ।
आगामी मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने सो मेलामा नेपाल, भारतलगायत अन्य मुलुकबाट गरी ६० लाख भक्तजन आउने र त्यसका लागि तीन महिना पहिलेदेखि नै पहिलो चरणका काम सुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ। अहिलेदेखि मेलालाई व्यवस्थित गर्न काम सुरु नगरे खानेपानी, शौचालय, स्वास्थ्य शिविर, मनोरन्जनका साधनलगायत सेवासुविधामा समस्या देखिने भएकाले कमिटी विस्तार गरेको महागढीमाई नगरपालिकाप्रमुख उपेन्द्र यादवले बतए।
आगामी मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने सो मेलामा नेपाल, भारतलगायत अन्य मुलुकबाट गरी ६० लाखभन्दा बढी भक्तजन आउने र त्यसका लागि तीन महिना पहिलेदेखि नै पहिलो चरणका काम सुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ।
२०७१ सालमा लागेको मेलामा ५० लाखभन्दा बढी भक्तजन आएका र करिब ८० हजार पशुबलि दिइएको मन्दिरका पुजारीले जानकारी दिए। साो नगरपालिकाका प्रमुख यादवले विभिन्न राजनीतिक दलका प्र्रतिनिधि, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र जिल्लाका सरकारी कार्यालयप्रमुखहरू समेटेर आवश्यकता अनुसार कमिटी निर्माण गरिएको बताए। कलैया उपमहानगरप्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा आयोजित सर्वपक्षीय र सर्वदलीय मेला व्यवस्थापन तथा मूल कमिटी कार्यक्रममा जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख, उपप्र्रमुख, प्र्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरप्रमुख यादवले गढीमाई मन्दिर र मेला महागढीमाई नगरपालिकामा परे पनि यो जिल्ला र राष्ट्रकै सम्पत्ति भएको बताए। मेलालाई सबैले मिलेर सफलतापूर्वक समापन गर्न लाग्नुपर्ने उनले सुझाव दिए। कार्यक्रममा आपसी द्वन्द्व र पाटीगत स्वार्थभन्दा माथि उठी मेलामा आउने लाखौंै भक्तजनलाई सेवा सत्कार गर्दा मात्रै यसले गाउँ, जिल्ला र देशकै गौरव बढाउने भएकाले जिल्लाका सबै स्थानीय तहलाई सहयोग गर्न यादवले आग्रह गरे।
कार्यक्रममा निजगढ नगरपालिकाप्रमुख सुरेश खनालले गढीमाईको मेला बरियारपुरको मात्र नभएर सबै जिल्लावासीको भएको र मेलामा हुने विकृति नियन्त्रण गर्नतर्फ सुझाव दिए। महागढीमाई नगरपालिकाप्रमुख यादवले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार धर्मसंस्कृति, मठमन्दिर र मेलाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको र त्यही जिम्मेवारीअनुसार काम गर्र्दा पनि स्वार्र्थी समूहले विवाद गर्न खोजेको बताए। उनले गढीमाई सञ्चालन तथा व्यवस्थापन (ट्रस्ट) लाई मेला लगाउने जिम्मेवारी दिएको भन्दै कसैले गलत प्रचारबाजी गरी अवरोध गर्न खोेजे अमान्य हुने बताए।
महागढीमाई नगरपालिका–१ का वडाध्यक्ष सुदामाप्रसाद साहको अध्यक्षतामा ५१ सदस्यीय मेला मूल कमिटी गठन गरिएको र १६ वटा स्थानीय तहका प्र्रमुख, प्र्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, सुरक्षा निकायका प्र्रमुख र जिल्लास्थित सरकारी कार्यालयका प्रमुख सदस्य रहने गरी मेला संंरक्षण तथा सल्लाहकार समिति गठन गरिएको नगरप्रमुख यादवले जानकारी गराए।
प्रकाशित: ५ भाद्र २०७६ ०३:११ बिहीबार