२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग

बूढीगङ्गा नगरपालिका १० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको छ। आर्थिक वर्ष २०७५÷७६ मा दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको ३ लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर र उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात गरेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाएको छ।

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन्। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शय्यामा ज्यान गएको हो।

बुढिगंगा थुनिने त्रासले स्थानीय त्रसित

बाजुराको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका बीचमा रहेको अम्कोटमा पहिरोले बुढिगंगा नदि थुनिने खतरा बढेसँगै साँफेबगरका बासिन्दामा त्रास छाएको छ।

बेपत्ता भएको दुइ महिनापछि शव भेटियो

बेपत्ता रहेकी हिमाली गाउँपालिका–१ कि बासमति भण्डारीको शव भेटिएको छ। गएको जेष्ठ ७ गतेदेखि बेपत्ता भण्डारीको २ महिनापछि कर्णाली नदीको किनारमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

बाजुराबाट ६४ जना हराए

एक वर्षको अवधीमा बाजुराबाट ६४ जना हराएको तथ्याकं प्रहरीले सार्वजनिक गरेको छ। महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बुढीगंगा नदी थुनिने खतरा

जिल्लाको ठूलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा द्धवारीमा नदी थुनिने खतरा बढेको हो। त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो। नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

पञ्चायतदेखि गणतन्त्रसम्म खानेपानीकै माग

बुढीगंगा नगरपालिका–१ कुँडीका नन्दे परि उमेरले ६७ नाघे। देशमा आएका सबै व्यवस्था र शासनबारे उनी जानकारी राख्छन। पञ्चायती व्यवस्थाको दमनदेखि बहुदल हुँदै हालको गणतन्त्र भोग्ने र अनुभव गर्ने अवसर नन्दे परिले पाए। फेरिएका व्यवस्थाबारे व्याख्या गर्न नसकेपनि राम्ररी बुझेका छन्।

बाजुरामा भाइरल ज्वरोको प्रकोप

बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन्।

बाजुरामा विशु पर्व मनाइँदै

आजको रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ। आजको दिनलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ।

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

सडक निर्माणको खुसी स्थानीयलाई एकातिर छ, भने अर्कोतिर उनीहरु हुम्ला र बाजुरा जोडिने भएपछि थप उत्साहित भएका छन्। वैशाख भित्र हुम्ला जोड्ने कवाडी नदीमा बेलिबिज्र निर्माण हुन लागेको छ।

बजेट कार्यान्वयनमा साथ दिनुहोस् : मन्त्री सुवेदी

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट कार्यान्वनमा साथ दिन पत्रकारसँग आग्रह गरेका छन्। विकासका लागि थुप्रै बजेट लगानी भएकोले गुणात्मक उपलब्धि हासिल गर्ने गरी बजेट कार्यान्वयनमा साथ दिन आग्रह गरेका हुन्।

विपन्न समुदायलाई लक्ष्य गरी विशषेज्ञ शिविर

विपन्न समुदायलाई लक्षित गरी मार्तडीमा विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरि पाँचदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

टंक र जिएमले तताए मार्तडी

लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।

बाजुराका ९५ बस्ती उच्च जोखिममा

जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन्।  जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्