२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बुढिगंगा थुनिने त्रासले स्थानीय त्रसित

त्रिवेणी र बुढीगंगा नगरपालिका बीचमा रहेको अम्कोटमा पहिरोले बुढिगंगानदी थुनिन थालेको दृष्य। तस्बिर: खम्म/नागरिक

अछाम– बाजुराको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका बीचमा रहेको अम्कोटमा पहिरोले बुढिगंगा नदि थुनिने खतरा बढेसँगै साँफेबगरका बासिन्दामा त्रास छाएको छ। त्रिवेणी नगरपालिका–९ पैमामा पहिरो खसेर बुढीगंगा नदी थुनिने खतरा बढेपछि साँफेबगरका नागरिकमा त्रास छाएको हो।

वर्षा भएसँगै बुढीगंगा नदिमा पानीको मात्रा पनि बढ्न थालेको छ। हरेक वर्ष वर्षा याममा साँफेबगर नदी आसपासको क्षेत्र बाढीको उच्च जोखिममासमेत पर्ने गरेको छ। बाढीको बढी जोखिममा साँफेबगर नगरपालिका–१ का एक सय, का करिब ५ सय र ७ का ८ घरपरिवार रहेका छन्। 

नगरपालिका–७ को ककडसातका ८ घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष मिठ्ठ’ भाटले बताए। वर्षा याम सुरु हुने बित्तिकै यहाँ स्थानीयहरुलाई भोक निद्रा हराउने गरेको भाटले बताए। वर्षेनी नदिले लगाएको खेतीपाती बगाउँछ, गतिलो तटबन्धन छैन्, तटबन्धनका नाममा तारजाली मात्र हाल्ने काम मात्र हुन्छ त्यो तारजाली बर्षेनी बाढीले बगाएर लैजाने गर्छ उनले भने। वडा नम्बर ४ मष्टामाडौंका करिब ५ सय घरपरिवार मध्ये पुलबजारका ४० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष बालगिरी कुँवरले बताए।

ज्यान जोखिममा राखेर दिनचर्या बिताउँदै आएको पुलबजार निवासी रत्नादेवी नेपालीले बताईन्। उनले वर्षा याम सुरु भएपछि निद्रा नै हराउने गरेको दुखेसो पोखिन्। बुढीगंगा र छिपे खोलामा दिगो तटबन्धको लागि कसैले पनि ध्यान नदिँदा वर्षेनी बाढीको समस्या भोग्नु परेकोे गुनासो स्थानीयको छ। नदिले तारेको कुनाबाट धार परिवर्तन गरेमा यहाँको सयौं बस्ती, बजारसमेत बाढीको चपेटामा पर्ने देखिन्छ। 

छिपेखोला र बुढीगंगामा दिगो तटबन्धनका लागि कसैले चिन्ता र चासो नदेखाएको स्थानीयको भनाई छ। नदीले वर्षेनी यहाँको खेतियोग्य जमिन कटान गर्दै गईरहेको छ।

२०६३ सालमा आएको बाढीले साँफेबगर क्षेत्रको करिब ४० रोपनी भन्दा बढी खेती योग्य जमिन बगाएको थियो। सो क्षेत्र अहिले बगर बनेको छ। साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहरुसमेत जोखिममा रहेका छन्। उत्तरबाट बुढीगंगा नदि र पुर्बबाट छिपे खोलाका कारण साँफेको एयरपोर्ट बजार निकै जोखिममा रहेको छ।

पहिरोले बुढिगंगा नदि थुनिन थालेसँगै साँफे–मार्तडी सडकखण्डसमेत दुई सातादेखि अवरुद्ध भएको स्थानीय प्रेम रौलेले बताए। ‘सडक अवरुद्ध हुदाँ यातायातका साधन चल्न नसकेपछि यात्रुलाई कठिनाई भएको छ। लगातारको वर्षासँगै आएको पहिरोले द्वारीमा बुढिगंगा नदी थुनिन थालेपछि पहिरोले सडकसमेत भत्किएको छ। स्थानीय काशीराम उपाध्यायले लगातार पहिरो बढ्दै गएपछि माथिबाट ठूला ढुङ्गा बीचमा आएर अड्किदै जादाँ नदी थुनिने बताए। गत वर्षदेखि नै पैमा गाँउबाट लगातार पहिरो खसिरहेको छ।

नदी एक छेउतिर गएपछि बुढिगंगा नगरपालिका–१ अम्कोटको तलबाट पहिरो आएपछि साँफे–मार्तडी सडकखण्ड पहिरोले बगाएको छ। बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाले पहिरोले सडक अबरुद्ध हुँदा त्यसको बढी मारमा जिल्ला सदरमुकामबासी, बडीमालिका नगरपालिका र पुर्वोत्तर भेगका जनताले खेप्नु परेको बताए। सडकसँगै बुढीगंगा नदी थुनिएपछि नदी छेउको खेतियोग्य जमिन र झोलुंगे पुल समेत बगाएको छ। पहिरोले नदी साँघुरो बनाउदै गएको छ, जसले गर्दा नदी वरपरको खेत बगाएको छ।पहिरोको सँगै जोडिएको त्रिवेणी नगरपालिका– ९ पैमा र बुढीगंगा नगरपालिका– १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन्।पहिरोको जोखिमका कारण केही परिवार बिस्थापित समेत भईसकेका छन ्। अझै बिस्थापित हुने सम्भावना रहेको स्थानीयको भनाइ छ।
 

प्रकाशित: ४ भाद्र २०७६ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App