२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

बाजुरा - हुम्ला र बाजुरा कोल्टी, कवाडी सधैं अभाव र समस्याका रुपमा मात्र सुनिन्थे।

निरासा विषय मात्र समाचार बन्थे। तर यस क्षेत्रको अवस्था केही फेरिएको छ। गाउँमा सडक सञ्जाल जोडिएको छ। नुन, चामलसहित डिपो पनि स्थापना भएका छन्। कर्णाली करिडोरको बाटो निर्माणलगत्तै कुण्डा क्षेत्र र बाजुरासँगै जोडिएका हुम्ला, मुगु र कालिकोटका केही भागका स्थानीयले राहत महसुस गरेका छन्। 

सडक निर्माणको खुसी स्थानीयलाई एकातिर छ, भने अर्कोतिर उनीहरु हुम्ला र बाजुरा जोडिने भएपछि थप उत्साहित भएका छन्। वैशाख भित्र हुम्ला जोड्ने कवाडी नदीमा बेलिब्रिज निर्माण हुन लागेको छ। 

नेपाली सेनाले निर्माण गर्न लागेको कर्णाली करिडोर सडकअन्तर्गत बेलिब्रिज निर्माण हुन लागेको नेपाली सेनाले बताएको छ। कवाडी नदीमा बेलिब्रिजको काम वैशाखसम्म सकी जेठमा हुम्लासम्म यातायात पु-याउने लक्ष्य रहेको छ। बेलिब्रिज निर्माणसँगै हुम्ला र बाजुरा सजिलै जोडिने छन्। हुम्लाका अधिकांशको आवतजावत बाजुराबाटै हुने गरेको छ।

कर्णाली करिडोरको बाजुरा क्षेत्रको ४४ किलोमिटर बाटो बन्ने छ। वैशाखमा निर्माण सकी जेठमा हुम्लाका केही भागसम्म गाडी सञ्चालनमा आउने कर्णाली करिडोर तिथिचौर क्याम्पका उपसेनानी शंकर सिलवालले जानकारी दिए।

कवाडी नदीमा बेलिब्रिज बनेपछि हुम्लाको सिमाना कम्तीमा १५ किलोमिटर यातायात सञ्चालनमा आउने छ। काम तीव्र गतिमा भइरहेको छ। कवाडी नदीमा बेलीब्रिजको काम सुरु भएपछि हुम्लावासी खुसी छन्।

हुम्लामा यातायात नपुग्दासात दिन लगाएर कालिकोट पुगेर गाडी चढ्नुपर्ने स्थानीयको बाध्यता थियो। अकोतिर महँगो हवाई भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो। गाडी नपुगेकै कारणले हुम्लाबासीले महँगीको मार खेप्दै आएका थिए। 

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १ सय ४५ किलोमिटर छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ र बाँकी हुम्ला जिल्लामा छ। सेनाले यो सडकको जिम्मा २०७१ चैत बाट सुरु गरेको हो।

जसमध्ये ७१ किलोमिटरमा यातायात सञ्चालनमा आएको छ। चैत ७ गते बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा ल्याइएको थियो। कर्णाली करिडोरअन्तर्गत जुरा खण्ड कालिकोट र बाजुरा सीमाना लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक सञ्चालनमा आएको छ।

प्रकाशित: ३० चैत्र २०७५ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App