६ आश्विन २०८१ आइतबार
image/svg+xml

परीक्षामा कांग्रेस पदाधिकारी

आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन,प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लिनुपर्ने दबाब देउवामाथि पर्ने देखिन्छ।

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

सङ्ग्रहालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीका संस्थापक नेता बिपी र वर्तमान युवाको सपना एकाकार गरेर कांग्रेसलालाई अघि बढाउने बताए।

परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्छुः पौडेल

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाए।

कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा,डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेका छ्न्।

कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छः काेइराला

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सटिजन्सको प्रिभिलेज काउन्टर थपिए

सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।

कांग्रेस रुपान्तरणमा लाग्ने उद्घोष

म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणमा लागिसकेको छु। निरन्तर तपाईंहरूको घरदैलोमा पुग्नेछु, मेरो टिमका साथीहरू पनि पक्कै तपाईंहरूको घरदैलोमा पुग्नुहुन्छ। – शेखर कोइराला

कांग्रेस उपसभापतिको मतगणनाः १३०० मत गन्दा खड्का र गुरुङको अग्रता

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए।

एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढे, काँग्रेस अधिवेशनमा स्वयं प्रधानमन्त्री रातभर बसेः थापा

उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर काँग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताए

देउवाले विगतजस्तै पार्टी चलाए सशक्त प्रतिवाद गर्ने कोइरालाको चेतावनी

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्