१७ असार २०८१ सोमबार
image/svg+xml

सप्तरी क्षेत्र नं -२ मा सिके राउत ९ सय बढी मतले अगाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। दिउँसो १: ३० सम्मको मत गणनामा राउतले १६३४ मत प्राप्त गरेका छन्।

सप्तरी-२ मा सिके राउतको अग्रता कायमै,उपेन्द्र यादव पछाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म १९७९ मत गणना हुँदा राउतले १०१० प्राप्त गरेका छन्।

सप्तरी–२ मा यादव र राउतको प्रतिस्पर्धा

मधेस प्रदेशका जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘सप्तरी–२ मा उपेन्द्रले जित्लान् कि सिकेले?’ जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादवले यही निर्वाचन क्षेत्रबाट पछिल्लो चुनाव जितेका छन्।

प्रचण्डले मतपेटिका हेरफेर गरेर पनि उपेन्द्रलाई जिताउन आश्वासन दिएको छः सिके राउत

‘जसपाका कार्यकर्ताले जनमत पार्टीलाई मत हालेपनि केही हुनेवाला छैन हामीले प्रहरी प्रशासन मिलाएर मतपेटिका हेरफेर गर्ने भनेर जनतामा भंयत्रास सिर्जना गरेको राउतको आरोप छ।’

दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।

मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिटमा प्रतिस्पर्धा हुँदैछ। तीमध्ये सप्तरी २ को चर्चा उत्कर्षमा छ।

मधेस राजनीतिमा सिके सकस

राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोधः राउत

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्‍यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।

घटना थामथुम पार्न कागजी समिति

सिके राउत नेतृत्वको जनमत पार्टीले एक महिनादेखि किसानसँग सम्बद्ध मलखाद, बिउबिजन, सिँचाइ, बजार व्यवस्थापन, बाली तथा पशु बिमालगायतका समस्या समाधान गर्न आन्दोलन गर्दै आएको थियो।

मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।

जनमतको उग्रतालाई दल र प्रशासनको धाप

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि जारी गरेको राजमार्ग क्षेत्रमा निषेधाज्ञा ६ दलको चतावनीपछि हटाइएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(एस), माओवादी केन्द्र, जसपा र लोसपा सिरहाले संयुक्त रुपमा चेतावनी दिएको केही घण्टामै सिरहा प्रशासनले निषेधाज्ञा फिर्ता लिएको छ। प्रशासनले निषेधाज्ञा फिर्तासँगै पक्राउ परेका सबैलाई छाडिदिएको छ।

जनमत पार्टीले जलाए ट्रक, यात्रु बसेकै सवारीमा बर्साए ढुंगामुढा

गोलबजारमा प्रहरीकै उपस्थिति रहेको स्थानमा निजी तथा सार्वजनिक यातायातका दर्जनौ साधनमा जनमतका कार्यककर्ताहरुले तोडफोड तथा आगजनी गरेको थियो।

जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत निर्वाचित

जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट डा. सिके राउत अध्यक्ष निर्वाचित भएका छन्। अध्यक्ष पदका एकल उम्मेदवार उनले खसेको कूल चार हजार चार सय ४० मत मध्ये दुई हजार तीन सय २ मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्