३ मंसिर २०८१ सोमबार
image/svg+xml

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यस कार्यको विरोध गरेका छन्।

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार गरेको र उनीहरुलाई वशमा पारी शरीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाईएको थियो। तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका हुन्।

चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील छ : प्रधानसेनापति क्षत्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै प्रधानसेनापति क्षत्रीले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

नेपाल–चीन आवतजावत बन्द

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ। ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।

चीन–अमेरिका द्वन्द्वको थुसिडेडिस ट्राप

अमेरिका र चीनबीच चलेको व्यापार युद्ध सजिलै रोकिनेवाला छैन। चीनबाट अमेरिका आयात हुने स्टिललगायतका सामानमा ट्रम्प प्रशासनले भारी कर लगाएपछि चीनले त्यसको जवाफ अमेरिकी सामानमाथि थप कर लगाएर दिएको छ।

भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने प्रतिवद्धता

भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्।

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी रुपमा चयन गरेको छ।

चीनका राष्ट्रपति रुवान्डामा

चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणका लागि रुवान्डा आइपुगेका छन्। साताव्यापी अफ्रिका भ्रमणमा रहेका राष्ट्रपति सीलाई रुवान्डाका राष्ट्रपति पउल कागामीले सोमबार राजधानी किगालीमा स्वागत गरे।

चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ।

चीनमा पुस्तकालय क्रान्ति

असल समाज निर्माण गर्ने उपयुक्त तरिका के हुन सक्छ ? उत्तर सजिलो छ, सबैका लागि शिक्षाका साथसाथै ज्ञान आर्जन गर्ने केन्द्रहरूका ढोका खोलिनुपर्छ । पुस्तकालय नै ज्ञानको संग्रहालय हो । शताब्दीयाैं अगाडि फ्रान्सिस बेकनको तर्क थियो, ज्ञान नै शक्ति हो।

चीनकाे महँगाे फिल्म पहिलाे सातामै फ्लप

चिनियाँ फिल्मको इतिहासमा हालसम्मकै सर्वाधिक महंगो बजेटमा निर्माण भएको फिल्म ‘असुरा’लाई रिलिजको पहिलो सातामै हलबाट हटाइएको छ।

चीनबाट आयात ४२ प्रतिशत घट्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट यो वर्ष आयात तथा निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७४-७५ मा कृषि तथा वनजन्य सामग्रीको आयात तथा निर्यात घटेको प्लान्ट क्वारेन्टाइन पोस्ट टिमुरेले जनाएको छ।

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

मुकेश अम्बानी एसियाकै धनी, चीनका ज्याक मा पछि परे

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्