५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

काठमाडौं– तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी रुपमा चयन गरेको छ। 

निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सीएमसी कम्पनी चयन गरेको हो। हेडवर्कको कामका लागि सीएमसीले बोलकबोल प्रक्रियामार्पmत २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा सम्पन्न गर्ने प्रस्ताव गरेको थियो।

विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा सम्झौता हुने तनहुँ हाइड्रोले जनाएको छ।  

तनहुँ हाइड्रोका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य २०८० साल पुस १५ भित्र सक्ने लक्ष्य लिइएको बताए।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि गत असार २८ मा बोलपत्र आह्वान गरिसकेको छ। 

प्रकाशित: १० श्रावण २०७५ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App