करवृद्धिले चिनियाँ कम्पनी पलायन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्यामा चिनीयाँ कम्पनीले नयाँ तरिका अपनाएका छन्। ‘चीनमा निर्मित’को साटो उत्पादित बस्तुका ट्यागमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्यामा चिनीयाँ कम्पनीले नयाँ तरिका अपनाएका छन्। ‘चीनमा निर्मित’को साटो उत्पादित बस्तुका ट्यागमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।
तेस्रो मुलुकसँग स्थलमार्गबाट व्यापार गर्न अहिलेसम्म भारतीय बाटोबाहेक अन्य विकल्प नभएका बेला नेपाल र चीनबीच पारवहन सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको छ।
सभामुख कृष्णबहादुर महरा र तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ। काठमाडौंको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ।
नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन्। आफ्नै निवास खुमलटारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए।
अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिनफिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन्।
वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटिल बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ। उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो।
सीमा सुरक्षा वार्ता लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर भागेका छन्। सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टाली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो।
चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ। चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ।
नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती सहर तक्लाकोटको अलीमा सुरु भएको छ। चाइना नेपाल पोलिसी कोअपरेशन इन्फरमेशन बैठकमा तिब्बतसंग सीमा जोडिएका नेपालका तर्फबाट दार्चुला र हुम्ला जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।
रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।
चीन र भारत सीमा क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य सहकार्य विस्तार गर्न दुवै देशका रक्षा मन्त्रीबीच यस्तो सहमति भएको हो।
संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन्।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन्। मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनियाँ सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उनले अनुरोध गरेका छन्।