२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमा  क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न चीन र भारत सहमत

तस्बिरः राेयटर्स

नयाँदिल्ली– चीन र भारत सीमा  क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा  क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य सहकार्य विस्तार गर्न दुवै देशका रक्षा मन्त्रीबीच यस्तो सहमति भएको हो।

एसियाका शक्तिशाली यी दुई राष्ट्रबीच गतवर्ष उच्च हिमाली क्षेत्रको सिमानमा तनाबको स्थिति बनेको थियो। तर उनीहरू पछ्रिल्लो समय सम्बन्ध विस्तार गर्नेतर्फ उद्दत रहँदै आएका थिए। भारतीय रक्षा मन्त्री निर्मला सितारमण र चिनियाँ रक्षा मन्त्री वेइ फेंगीबीच यस्तो सहमति जुटेको हो।

भारत सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ मंगलबार दुबै देशका रक्षामन्त्रीहरु बीच भएको छलफलमा सेनाको तालिम,संयुक्त अभ्यासलगायत अन्य व्यवसायिक अन्तरकृया विस्तार गर्ने निर्णय भएको छ।’

मन्त्रीहरुले दुई राष्ट्रबीच शान्तिका लागि विश्वासको वातावरण विस्तार गर्न दुबै देशका सुरक्षा निकायबीच तत्काल हटलाईन स्थापना गर्ने सहमति पनि गरेको भारत सरकारले जनाएको छ।

भारत र चीन बीच रहेको ३५ सय किलोमिटर सीमा  विवादका कारण सन् १९६२मा युद्धनै भएको थियो। यसपछि दुई राष्ट्रहरुबीच सम्बन्ध चिसिदै गएको थियो। तर गत अप्रिलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आपसी सम्बन्ध विस्तार गर्ने सहमति भएको थियो।

पछिल्लो समय अमेरिकाले अनुसरण गरेको कर पद्धतीबारे दुवै देशले समान धारणा राख्दै आएका छन्।   

 

प्रकाशित: ८ भाद्र २०७५ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App