३ मंसिर २०८१ सोमबार
image/svg+xml

सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन्।

उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुन  ६ दिने औपचारिक चीन भ्रमणको क्रममा सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन्। उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३: ४० बजे छेन्दु पुगेका थिए।

दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ। चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका दाहाललाई प्रमुख ताओले स्वागत गरेका थिए।

उपराष्ट्रपति पुन बुधबार चीन जाँदै

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्ने भएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार सिचुवानको राजधानी छेन्दु पुग्दैछन्।

उराठ लाग्दो चीन जोड्ने घाँटी (भिडियो)

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि डरलाग्दो चट्टाने पहाड। बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन्। नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन्।

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि

अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री चीन जाँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली बुधबारदेखि चार दिने चीन भ्रमणमा जाँदैछ। कर्णाली प्रदेशसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तीय सरकारको निमन्त्रणामा उपराष्ट्रपति नन्दकिशोर पुन, कर्णालीका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोली चीन जान लागेको हो।

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतले भौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आगामी असोज ३ मा चीन प्रस्थान गर्ने भएका छन्। उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो ।

अध्यक्ष दाहाल चीन प्रस्थान, कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार भ्रमणको प्रमुख एजेण्डा

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्।

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन्।

अमेरिकी वार्ता प्रस्ताव चीनद्वारा स्वागत

केही समयदेखि जारी अमेरिका–चीन व्यापारिक विवादकै बीच वासिङ्टनले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई बेइजिङले स्वागत गरेको छ।

चिनिया नाका जोड्ने सडक सुचारु

तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।

पराजयले चिनियाँ टोली आलोचित

राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी योजनाअन्तर्गत चीनले देशको फुटबल विकास गर्दै विश्वकप आयोजना गर्न लगानी गरिरहेको छ।

सीपेक पाकिस्तानको आर्थिक भविष्य : पाकिस्तानी सेना प्रमुख

पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन्। पाकिस्तानका लागि चिनिया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्