३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुन बुधबार चीन जाँदै

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्ने भएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार सिचुवानको राजधानी छेन्दु पुग्दैछन्। 

छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन जान लागेका हुन् । असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ।

उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणका क्रममा उनले वेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रसमेत तय भएको छ। 

सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । सो भ्रमणबारे उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । राष्ट्रपतिलाई मंगलबार अपरान्ह भेटेर भ्रमणबारे जानकारी गराएका हुन्।

प्रकाशित: ३ आश्विन २०७५ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App