३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सफल रुपमा सम्पन्न भएको छ। ‘सगरमाथा फ्रेण्डसिप २०१८’ नाम दिइएको सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको चेङ्दु असोज २ गतेदेखि सञ्चालन भएको थियो।

ऊर्जामा सहकार्य गर्न नेपाल–चीन सहमत

ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न नेपाल र चीनका जलस्रोत अधिकारी सहमत भएका छन् ।

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ।

अमेरिकाले ‘उत्तेजना फैलाउने’ काम गर्‍याे : चीन

अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ। दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ।

ऊर्जा ‘रोडम्याप’ बनाउन आज नेपाल–चीनका उच्च अधिकारीको बैठक

चिनियाँ लगानी अकर्षित गर्ने लक्ष्यका साथ नेपाल र चीनका जलस्रोत अधिकारीको संयुक्त बैठक आज (शुक्रबार) काठमाडौंमा बस्दैछ।

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक शुक्रबारमात्रै

नेपाल र चीनबीच आजदेखि हुने भनिएको ऊर्जा संयन्त्रको बैठक भोलि एकदिन मात्र हुने भएको छ। यसअघि बिहीबार र शुक्रबार २ दिन गर्ने भनिएको बैठक शुक्रबार १ दिनमै सम्पन्न गर्ने तयारी भएको ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

चीनको लगानीको प्रतिबद्धता नौ अर्बबाट ५० अर्ब पुग्यो

उत्तरको छिमेकी चीनबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा चीनबाट ५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । यस्तो प्रतिबद्धता त्यसअघिको वर्षमा नौ अर्ब रुपैयाँ बराबरमात्र थियो।

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ।

एसियन फुटबल : नेपालले चीनलाई हरायो

भारतमा जारी ४६ औं संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गर्दै विजयी भएको छ। भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

दुर्इ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धि शुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेकाे घोषणा सोमबारदेखि लागू भएको छ। यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ।

देखाउनको लागि सम्झौता गर्दैनौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको लागि चीन जाने भएका छन्। चीनको हाईनान प्रान्तको प्रान्तीय दिवसमा प्रमुख अतिथीको निम्तो मान्न उनी त्यहाँ जान लागेका हुन्।

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ।

चीनले अमेरिकी राजदूतसँग लियो स्पष्टिकरण

चीनले अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ। रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।

चीन घुम्दै उपराष्ट्रपति पुन (फोटो फिचर)

चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन्। उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरे।

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ : रसिया

रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्