चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद : अध्यक्ष विजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।