६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुनसरीदेखि दार्चुलासम्म डेंगी संक्रमण

मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।

डेंगी नियन्त्रणमा सरकार उदासीन

नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।

डेंगी संक्रमणको जोखिम थप डेढ महिना

गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।

विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो

राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो

तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्।

शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी

काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।

उपत्यकामा डेंगी संक्रमण तीव

उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्