१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

इराकमा अमेरिकी सेना रहेको होटलमा आक्रमण

इरानी सीमा नजिकै अवस्थित इराकको कुर्दिश क्षेत्रको राजधानी एर्बिलमा आक्रमणको रिपोर्ट आएको छ।

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घर-घरमा

अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन्।

एएफसी एसियन कप २०२७: फहद स्टेडियममा उद्घाटन र फाइनल

सन् २०२७ को एएफसी एसियन कपको उद्घाटन र फाइनल साउदी अरेबियाको रियादस्थित फहद स्पोर्ट्स सिटी स्टेडियममा हुने भएको छ।

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुने गरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ।

मध्यपूर्व तनाव: खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले १८ अमेरिकी सैनिक गम्भीर घाइते भएको पुष्टि गरेको छ भने अन्य धेरैलाई सामान्य चोटपटक लागेको जनाएको छ। मिसाइल र ड्रोनहरू निष्क्रिय पार्ने क्रममा खसेका भग्नावशेषका कारण आवासीय क्षेत्रमा धेरै मानिस घाइते भएको रिपोर्ट प्राप्त भएको छ।

चन्द्रग्रहणको सामाजिक-राजनीतिक चर्चा

भदौ र फागुनका ग्रहणहरूले विभिन्न वर्ग, क्षेत्र र शासकीय संरचनामा फरक–फरक प्रभाव पार्ने संहितात्मक व्याख्या गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला

मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको रोटरीस्तम्भ छेउमा शंकास्पद वस्तु फेला परेको हो।

ट्रम्पले भने : रियादस्थित अमेरिकी दूतावासमा भएको आक्रमणको जवाफ दिनेछु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादस्थित अमेरिकी दूतावासमा भएको आक्रमण र अमेरिकी सैनिकको हत्याप्रति अमेरिकाको प्रतिक्रिया के हुनेछ भनेर चाँडै थाहा पाउने बताएका छन्।

सकेसम्म चाँडो मध्यपूर्व छोड्न अमेरिकीहरूलाई ट्रम्पको आग्रह

अमेरिकी विदेश मन्त्रालयले गम्भीर सुरक्षा जोखिमका कारण अमेरिकीहरूलाई व्यापारिक माध्यमबाट तुरुन्तै धेरै मध्यपूर्वी देशहरू छोड्न सल्लाह दिएको छ।

विश्वकपमा इरानको सहभागिता अनिश्चित

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अनिश्चित भएको छ।

घरमै बस्न र दूतावासबाट टाढा रहन अमेरिकीहरूलाई साउदी अरेबियाको आग्रह

रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोनले आक्रमण गरेपछि धेरै साउदी शहरहरूमा रहेका अमेरिकी अधिकारीहरूले अमेरिकीहरूलाई घरमै बस्न र दूतावासबाट टाढा रहन आग्रह गरेका छन्।

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोजस्तेह बागेरजादेहको पनि निधन भएको छ।

इरानले चीनलाई भन्यो: खाडी मुलुकप्रति कुनै दुर्भावना छैन, बेइजिङले के भन्यो?

चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’

साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा आक्रमण

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ।

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्