२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml

चितवन-२ मा रविको फराकिलो अग्रता कायम

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गरेका छन्।

झापा ५ : बालेनको ३४ हजार मत आउँदा ओली नौ हजारमा सीमित

५५ हजार २०७ मत गणना हुँदा बालेन ३४ हजार ८६३ मतसहित अग्रस्थानमा छन्। उनलाई पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका ओलीले ९ हजार ६८ मतसहित पछ्याइरहेका छन्।

रास्वपाका चौधरीसँग कांग्रेस महामन्त्री घिमिरे २८ हजार मतान्तरले पराजित

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष चौधरी भारी मतान्तरसहित विजयी भएका छन्।

१७ स्थानमा विजयी रास्वपाको सय स्थानमा अग्रता, अन्य दलको के छ अवस्था ?

निर्वाचन आयोगका अनुसार अहिले बिहान पौने ७ बजेसम्म रास्वपाले १७ स्थानमा जित निकाल्दा एक सय स्थानमा अग्रता कायम गरेको छ।

खोटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै

खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतकाे साथ अग्रता कायम गरेकाे छ।

दैलेख १ मा कांग्रेसकी बासना थापा विजयी

उनका निकटतम् प्रतिस्पर्धी एमालेका रबिन्द्रराज शर्माको ११ हजार ७९६ मत आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए।

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ।

लुम्बिनीका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवारको जित

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत लुम्बिनी प्रदेशका दुई महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गरेको छ।

एक सय दुई स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

बाँके–१ मा रास्वपाका चौधरी निर्वाचित

बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

खोटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका भएकाे मतगणनामा श्रम संस्कृति पार्टीकाे आरेन राईले २६९२ मतकाे साथ अग्रता लिएकाे छ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता कायमै

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको अग्रता कायमै छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मतभन्दा बढी मत अन्तरले अग्रता लिएका छन्।

मोरङ-६: रास्वपासँग ४२ हजार मतान्तरले पराजित भए डा. शेखर

मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य फराकिलो मतान्तरसहित विजयी भएकी छन्।

मोरङ ६ मा रास्वपाकी रुविनाको ऐतिहासिक जित, डा. शेखर कोइराला पराजित

निर्वाचनको अन्तिम नतिजा अनुसार ३१ वर्षीया आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेकी हुन्।

ललितपुर १ मा उदयशमशेर राणालाई पछि पार्दै रास्वपाका महर्जनको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्