पाखैभरी स्याउ फलेको देख्न पाइयोस्ः मन्त्री केसी
कर्णाली प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले जिल्लामा खेर गइरहेको जमिनमा स्याउ खेती गर्नुपर्ने बताएकी छिन्। उनले यहाँ प्रत्येक बर्ष स्याउको उत्पादन बढिरहेको र गुणस्तरमा पनि ध्यान पुगेकोले समृद्धिको प्रमुख आधार नै स्याउ खेती बन्ने बताइन्। जिल्लामा स्याउ नै स्याउ फलेको देख्ने धोको पनि उनले सुनाइन्।