चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले जानकारी दिए।