१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्।

लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कृष्णनगर भन्सारमा तीन महिनामा उठ्यो १ अर्ब ४५ करोड ९३ लाख ८५ हजार राजस्व

तीन महिनाका लागि १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली भएको भन्सारले जनाएको छ।

नेपालले आइपियू एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने तयारी

आइपियू अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने तयारी अघि बढाइएको छ।

पार्टी एकीकरणपछि चुनावको तयारीमा जुट्न माधव नेपालको निर्देशन

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकीकरण तथा संगठनात्मक समायोजनको काम सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने बताएका छन्।

पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।

सडक निर्माणमा ढिलाइ गर्ने छुट छैन, विद्युत् पोल र रुख व्यवस्थापन तत्काल गर्नुहोस्: सभापति गजुरेल

बैठकमा विशेषगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको निर्माण प्रगति र त्यसमा देखिएका अवरोधबारे विस्तृत छलफल भएको थियो।

मन्त्री लम्साललाई भेट्न गएका पूर्वमन्त्रीसहितको टोली दुई घण्टा कुरेर फर्कियो

गत भदौ १० गते गएको भोटेकोसी बाढीले बगाएको धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा पक्की पुल निर्माणको माग गर्दै मन्त्रीलाई भेट्न गएका पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले भेट्न नपाएको गुनासो गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने

दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर

आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि रवि लामिछानेसँग गुहार माग्दै उखु किसान

बजारमा चिनीको मूल्य आकासिँदै जाँदा उखु उत्पादन गर्ने किसानले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

एनपीएलः विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा सडकको भाडादर निर्धारण, कति तोकियो ?

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्