१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अबाहानी ढाकासँग हार्‍याे मनाङ मर्स्याङ्दी

एएफसी कपअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १–० ले पराजित भएको छ।

अबहानीसँग भिड्दै मनाङ

एसियाली फुटबल महासंघको आयोजनामा बुधबार काठमाडाैंमा हुन लागेको  एएफसी कप २०१९ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्दै छ।

मनाङको हिमपहिरोमा हराएका नेदरल्याण्डका भिनसेन्टको शव फेला

मनाङको हिमपहिरोमा हराइरहेका नेदरल्याण्डका भिनसेन्ट ब्लुमको शव फेला परेको छ। हिमपहिरोमा परेका धादिङका अजय ढकालको शव फेला परेपनि भिसेन्ट हराइरहेका थिए। ढकालको शव शुक्रबार साँझ नै फेला पारिएको थिए भने भिनसेन्टको शव आज मात्र फेला पारिएको हो।

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–० ले स्तब्ध हुँदै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपबाट बाहिरिएको छ। विजयी एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा शनिबार एपिएफले मनाङलाई पराजित गर्दा प्रदीप लामाको गोल निर्णायक भयो।

मनाङ्लाई पराजित गर्दै भ्याली च्यासल तिलोत्तमा गोल्डकपकाे सेमिफाइनलमा

अफ्रिकी खेलाडी अर्मन्डको गोलबाट लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

टाइब्रेकरबाट मनाङ सेमिफाइनलमा

टाइब्रेकरबाट दश खेलाडीमा सीमित ब्रिगेड ब्वाइजलाई ५–४ ले पाखा लगाउँदै लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बुधबार मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाइब्रेकरमा पुगेको थियो।

त्रिभुवन आर्मीलाई मदन भण्डारी गोल्डकप

दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। इटहरी रंगशालामा भएको फाइनलमा शनिबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। जितसँगै आर्मीले नगद १६ लाख रुपैयाँ प्राप्त गरेको छ।

आर्मी र मनाङ् उपाधिका लागि भिड्दै

दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

मनाङ मर्स्याङ्दी फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विदेशी खेलाडी अफिज ओलावालेको एक मात्र गोल निर्णायक बन्दा मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।

अब माननीय ‘मनाङे’

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको बोली फेरिएपछि डनको छवि बनाएका मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि प्रदेशसभाको ढोका खुलेको छ।

मनाङेले लिए प्रदेशसभा सांसदकाे सपथ (फोटो/ भिडियो)

मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

मदन भण्डारी गोल्डकप : आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा

आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्।

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

फ्रेन्ड्स क्लबलाई नतिजा सुम्पिँएसँगै च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै इतिहास रच्नबाट चुकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लिगको अन्तिम खेलमा लगातार १३औं जितको खोजिमा रहेको मनाङ फ्रेन्ड्ससँग १–० ले निरास बनेपछि इतिहास रच्नबाट चुकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्