उपराष्ट्रपति यादव र कतारका अमिरबीच दोहामा भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
विश्वविद्यालयलाई सूचना प्रविधि (आइटी) उद्योगसँग जोड्ने तथा युवापुस्तालाई यस क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा सरोकारवाला संस्थासँगको सहकार्यमा प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग अन्तरक्रिया गरेको छ।
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई २५ लाख रुपैयाँभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ।
भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ।
पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ।
नेकपा (एमाले) का नेता विष्णु रिजालले सातै प्रदेशमा पुनः सरकार परिवर्तनको क्रम सुरु भएको भन्दै वर्तमान संघीय व्यवस्थाको प्रदेश शासन मोडलमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
आयोजना निर्माणमा विलम्ब हुँदा खेतीयोग्य जमिनबाट अपेक्षित उत्पादन लिन सकिएको छैन।
सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ।
यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ।
फिफा विश्वकपमा आइतबार न्युयोर्कमा तय फाइनलको हाफ टाइम सामान्य खेलभन्दा लामो हुने आकलन गरिएको छ।
बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ।
मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।