२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फोटोग्राफी तालिम सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि १० दिने आधारभूत फोटोग्राफी तालिम सुरु भएको छ। तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै व्यक्तित्व विकासमा मद्दत पुयाउने विचार व्यक्त गरे।

भक्तपुर दरबार क्षेत्र हरियाली बनाइने

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल शृंगार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरेको जनाए।

ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाइते

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा घरको जग हाल्ने क्रममा ढिस्कोले पुरेर मंगलबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

वृद्धवृद्धालाई देखाइयो नाटक

भक्तपुरको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नगारिक आवास गृहमा रहेका वृद्धवृद्धाहरूलाई बुधबार ‘उपयोगी व्यायाम’ नामक नाटक देखाइएको छ । वीर अस्पताल काठमाडौंबाट आएका नर्सहरूले वृद्धवृद्धाहरूका लागि उपयोगी नाटक देखाएका हुन् ।

जहाँ इनार छ, पानी छैन

भक्तपुरको टोलटोलमा (तुन्छी) इनारहरु छन्। ५ मिनेटको दुरीमा यहाँ एउटा इनार भेटिन्छ्। उदाहरणको लागि हामी दत्तात्रय मन्दिर अगाडि एउटा इनार रहेको छ।

भक्तपुरमा हराउँदै भजन

उत्पादन सम्बन्धमा आएको फेरबदलसँगै काठमाडौँ उपत्यकाको संस्कृतिमा पनि क्रमशः परिवर्तन भइरहेको छ। उपत्यकाका तीन प्रमुख सहरमध्ये भक्तपुरमा तुलनात्मक रूपमा मूर्त–अमूर्त सम्पदा र संस्कृति संरक्षण भइरहेको बताइन्छ। तर त्यहाँका रैथाने बासिन्दाको आर्थिक सम्बन्धमा आएको परिवर्तनसँगै कतिपय अमूर्त संस्कृति क्रमशः क्षीण बन्दै गएको देखिन्छ।

भक्तपुरमा आउने पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड

भक्तपुरका उद्योगी व्यवसायी तथा व्यापारीहरुले भक्तपुरमा आउने पर्यटकहरुको बसाई लम्वाउन कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

विप्लव समूहले भक्तपुरमा जग्गा कब्जा गरेपछि सन्त्रास

सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित जग्गा कब्जा गरेपछि सन्त्रास छाएको छ। राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहीँकतैबाट पनि न्याय नपाएर पीडित निवेदकहरु कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको भन्दै नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले जग्गा कब्जामा लिएको सार्वजनिक सूचना टाँस गरेको हो।

देखिने भइन् भक्तपुरकी ‘रानी’

‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा मोटरसाइकल चोरी, बिक्रीवितरण तथा चोरीका मोटरसाइकल प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको हो।

भक्तपुरमा विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण !

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रति विद्यार्थी पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्