५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

मेलम्ची खानेपानी सुरुङ परीक्षण : स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग

मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्ची पानी पथान्तरण(सुरुङमा छिराउने) गरिएको भन्दै खेदसमेत व्यक्त गरेका छन्।

मेलम्चीको पानी आउन अझै दुई महिना

मेलम्चीखानेपानीआयोजनाले डेढ दशकलामो अनिश्चितताछिचोल्दै अस्थायी (कोफर) बाँधबाट पानी पठाएर सुरुङ परीक्षण सुरु गरेको छ। राजधानीकाबासिन्दाले मेलम्चीको पानीपिउनअझै कम्तीमादुईमहिनाकुर्नुपर्नेछ।

यसै वर्ष सक्नुपर्ने गौरवका तीन आयोजना धकेलिए

सरकारले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखेका तीनवटा राष्ट्रिय गौरवका आयोजना एक वर्ष धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुचर्चित मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

अब मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।

मेलम्चीको पानी : बजेटमा आगामी साउन भित्रै, आउने सम्भावना न्यून

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे।

बजेटमा मेलम्ची खानेपानी आयोजना

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्