अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्याइरहेको छ।