२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

अलमलियो 'गैंडा कूटनीति'

नेपालका एकसिंगे गैंडाको बासस्थान अध्ययन गर्न समझदारी पत्रसमेत तयार गरेर बुधबार नेपाल आएको सचिवस्तरीय चिनिया“ टोली सहमतिबेगर शनिबार फर्किने भएको छ। नेपाली पक्षले पर्याप्त गृहकार्य नभएको उल्लेख गर्दै समझदारी पत्रमा हस्ताक्षर गर्न नमानेपछि चिनिया“ टोली फर्किन थालेको हो।

मकै बारीमा करेन्ट लागेर गैंडा मर्‍यो

नवलपरासी गैंडाकोटमा मकैबारीभित्र सोमबार अन्दाजी १२ वर्षको एउटा पोथी गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार करेन्टको झट्का लागेर गैंडाको मृत्यु भएको देखिन्छ। गैंडाकोट नगरपालिका वडा नं. ७ गैरीमा गैंडा मृत फेला परेको हो।

सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु

राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ।

घरमै बसिरहेका सुनुवारलाई गैँडाले हानेर मार्‍यो

माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

गोली लागेको घाइते गैंडा मर्‍यो

चितवन- रौतहटमा गोली लागेर चितवनमा उपचार हुँदै गरेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मंगलबार मध्यान्ह मृत्यु भएको छ। भदौ ४ गते बिहान गोली लागेको अवस्थामा फेला परेको गैंडालाई चितवन ल्याएर उपचार सुरु गरिएको थियो। उपचारपछि निकै सुधार देखिए पनि बचाउन असफल भएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

करेन्ट लागेर गैंडा मरेपछि चार जना थुनामा

चितवन- उद्योगपति विनोद चौधरीको व्यवसायिक संस्था सीजीसमेतको लगानी रहेको चितवन मेघौलीको होटल मेघौली सेराय अगाडी करेन्ट लागेर दुर्लभ वन्यजन्तु गैंडा मरेको विषयमा चितवन जिल्ला अदालतले होटलका कर्मचारीसमेत चारजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

चौधरी समूहकाे रिसोर्टले छोडेको करेन्ट लागेर गैँडा मर्‍यो

चितवन–उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी ग्रुपसमेतको लागानी रहेको होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ। होटलबाट छोडेको करेण्ट लाग्दा गैँडा मरेको स्थानीयको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले होटल कर्मचारी सहितलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।

दशकपछि फेरि 'गैंडा कूटनीति'

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक नेपाल सरकारले एक जोडी गैंडा उपहार दिएको थियो। यसपछि सुरु भयो नेपालमा 'गैंडा कूटनीति'। एक दशक अघिसम्म नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो।

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

सरकारले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो। विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए।

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई १५ वर्ष कैद

दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।

सुत्केरी गैंडालाई भेल्लरको दाना

विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन सुरु गरेर २२ गतेभित्र पाँचवटा गैंडा बर्दिया पुर्याएरै छाड्यो । बर्दिया पुगेका पाँचमध्ये एउटा गैंडाले बच्चा जन्माएपछि त्यहाँ खुसीको माहौल छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्