५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय क्षेत्रबाट गैंडाको उद्धार

गत साउनको अन्तिममा आएको बाढीले बगाएर भारत पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार अझै जारी छ । बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार गर्ने काम अरूभन्दा केही फरक भयो । भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा चढाउनु परेको थियो ।

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

बाढीमा बगेको नवौं गैंडाको उद्धार

गत साउन अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार कार्य अझै जारी छ । बगेर भारत पुगेको एउटा वयस्क गैंडा उद्धार गरी शुक्रबार बिहान निकुञ्जको सौराहा नजिकको जंगलमा छाडिएको छ । बाढीमा बगेर उद्धार गरिएको यो नवौं गैंडा हो । यसअघि भारतबाट सात र नेपालबाट एक गैंडाको उद्धार गरिएको थियो ।

नेपालका दुई गैँडा भारतमा भेटिए

भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ। रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ।

दुई जोडी गैंडा लैजाने योजना बनाएर फर्कियो चिनियाँ टोली

दुई जोडी गैंडा चिन लैजाने तयारी गर्न विज्ञसहित शनिबार आएको सात सदस्सीय टोली गैंडा स्थानान्तरण योजना बनाएर मंगलबार बिहान स्वदेश फर्किएको छ ।  गत असार २६ गते सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चिनलाई उपहार दिने निर्णय गरेपछि विज्ञहरुसहितको टोली शनिबार सा“झ काठमाडौ आएको थियो ।

तीखे गैंडाले बच्चा जन्मायो

चितवनबाट बर्दिया राष्ट्रिय निकुन्जस्थित बबई उपत्यकामा मूलघाटमा स्थानान्तरण गरेको गैडाले वच्चा जन्माएको छ। बबई उपत्यकाको चेपाङ्गमा मूलघाट क्षेत्रमा गैंडाले एउटा बच्चा जन्माएको निकुन्जले जनाएको छ।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।

कथा : गोलु गैंडा घर फर्कियो

गोलु हड्बढाएको थाहा पाएपछि नाइके हात्तीले मायालु पाराले भन्यो, ‘तिमी डराएजस्तो छ । यो जंगल पनि यहाँको निकुञ्जको जंगल हो । हामी तिमीलाई तिम्रो घरसम्म पु¥याउन मद्दत गर्नेछौं ।’ सबै जनावरहरुले एकै स्वरमा भने, ‘परेको बेलामा त हो नि सहयोग गर्ने !’

भारत पुगेको गैंडाको खोजी

साउनको अन्तिममा आएको अविरल वर्षापछिको बाढीमा बगेर भारत पुगेका गैंडाको खोजी अझै जारी रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका अधिकारीले अहिलेसम्म तीनवटा बच्चा र पाँच वयस्क पोथीसहित आठवटा गैंडाको उद्धार गरेर चितवन ल्याएका छन् । तर, भारतीय भूमिमा नै अझै केही गैंडा रहेको आशंकामा खोजी जारी छ ।

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

बाढीले बगाएर भारत पुर्‍याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ।

दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन्।

भारत पुगेकाे दाेस्राे गैंडा पनि फिर्ता अायाे

बाढीमा बगेर भारतपुगेकाे चितवन निकुञ्जकाे दाेस्राे गैंडा पनि निकुञ्जका अधिकारीहरूले फिर्ता ल्याएकाे छन्। बाढीमा बगेर निकुञ्जका गैंडा भारत वाल्मीकि नगर र बगाहा पुगेका थिए।

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

बगेर भारत पुगेका तीन गैँडा फर्काइँदै

बाढीले दुर्लभ वन्यजन्तु गैंडालाई पनि कष्ट दिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैंडा खोला र नदीमा आएको बाढीका कारण घाइते हुने र मरेका मात्रै छैनन् बगेर स्वभाविक बासस्थानभन्दा निकै पर पुगेका छन्। बाढीले उनीहरुलाई देशको सिमानाभन्दा पनि पर पुर्‌याएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोली बगेर भारत पुगेका गैंडा फर्काउन जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्