५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

नवलपरासी—नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन्।

बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन्। ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित छन्। आफूहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन्।

गैँडा गाउँ पस्ने हो कि भन्ने डरले प्रहरी गैँडाको निगरानी गरिरहेको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीले बताए। यस सम्बन्धमा निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराइसकिएको पनि उनले बताए। रासस

प्रकाशित: १३ भाद्र २०७४ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App