२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभा बैठक जारी (LIVE)

राष्ट्रियसभा बैठक जारी रहेको छ। संघीय संसदको सचिवालयले दिएको जानकारीअनुसार मन्त्रीहरुले विभिन्न विषयमा प्रश्नको जवाफ दिइरहेका छन्।

‘दुनियाँ मंगलग्रहमा गइसक्यो, हामी भिडियो कन्फ्रेन्समा गोपनियताको भूतको छायाबाट किन तर्सेको?’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ।

सांसदको प्रश्नः तीनकुनेको जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो?

राष्ट्रियसभाको विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गाको विषयमा प्रश्न उठेको छ।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

जैसीको मृत्युबार छानबिन माग

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदले कीर्तिपुरमा गत साता एक युवकको शंकास्पद मृत्यु भएको बताउँदै अपराधी पक्राउ गर्न माग गरेका छन्।

प्रतिपक्षी सांसदको चुनौतीः हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभामा कसले के भने ?

राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक आयो, सांसदले के भने?

सरकारले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ राष्ट्रियसभामा प्रस्तुत गरेको छ। काठमाडौं उपत्यकाभित्र यात्रुहरुको आवतजावतलाई सरल सहज र विश्वसनीय लागत प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात सेवालाई व्यवस्थापन, विकास तथा विस्तार गर्न सरकारले विधेयक ल्याएको हो।

संसदीय समिति छल्दै सांसद

संघीय संसद्मा विभिन्न कारण देखाउँदै प्रायः सबै दलका शीर्ष नेता कमै उपस्थित हुँदै आएका छन्। तर पछिल्ला दिनमा संसद्का विषयगत समितिका छलफलमा शीर्ष नेता मात्र नभएर अन्य सांसद पनि सहभागि हुन छाडेका छन्। सांसदको कम उपस्थितिका कारण मिनी संसद् मानिने संसदीय समिति पनि प्रभावहीन बन्दै गएका छन्। सरकारले गरेका कामको अनुगमन, निरीक्षणसहित निर्देशन दिने मात्र होइन नीति निर्माणमा पनि समितिका बैठक केन्द्रित बन्नुपर्नेमा बैठककै ओझमाथि प्रश्न उठ्न थालेको छ।

सयभन्दा बढी विद्युतीय सवारी सञ्चालन, राजधानी बाहिर चार्जिङ स्टेशन राख्ने तयारी

राष्ट्रियसभा सदस्यहरुले वातावरणमैत्री सवारी तथा यातायात नीति र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभामा बाढीदेखि निर्मला पन्तसम्म (भिडियाे)

राष्ट्रियसभा सदस्यहरुले वर्षेनी बाढी, डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालिन समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालिन समस्या समाधान हुने गरि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको टोली

डेढ साताअघि परेको अबिरल वर्षाले सर्लाहीमा पु¥याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न आइतबार सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै टोली आएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना नेतृत्वको टोलीले अपराह्न सदरमुकाम मलंगवामा

राष्ट्रियसभाको टोली रौतहटको बाढी प्रभावित बस्तीमा

रौतहटको विभिन्न स्थानमा बाढीबाट प्रभावित बस्तीमा राष्ट्रियसभा अध्यक्षसहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुबेर जिल्लाभरिमा १६ जनाको मृत्यु र दुईजना बेपत्ता छन्। बाढीका कारण जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परी हजारौं विस्थापित भए। अर्बौ रुपैयाँ बराबरको माछा पोखरी, तरकारी, फलफूल, उखु, धान, पशु चौपायालगायतका क्षेत्रमा ठूलो नोक्सानी भए पनि यहाँको अवस्था बुझ्न बाढी गएको करिब एक सातापछि संघीय सरकारका मन्त्रीसहितका जम्बोटोली वास्तविक पीडितसँग नभेटेर नेपाली सेनाकै ब्यारेकमा स्थानीय सुरक्षा प्रमखसँग भेटघाट गरी हेलिकोप्टरमै पुनः फर्केपछि त्यसको आलोचना भएको थियो।

कानुनविपरीत सभामुखलाई २८ सुरक्षाकर्मी

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ। तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ। सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्