२० आश्विन २०८१ आइतबार
image/svg+xml

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

विनियोजन पुस्तकमा कोसी प्रदेश नलेखेको भन्दै आपत्ति

एमालेका सचेतक महेश बर्तौलाले संविधानको धारा २ सय ९५ को उपधारा २ को प्रतिकूल प्रदेशहरूको नाम नभई अंक उल्लेख गरेकोमा आपत्ति जनाए।

संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

नेकपा(माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसद्मा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै लागि परेको एमाले सचेतक बर्तौलाको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन ।

तीन वर्षमा दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ: प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।

सांसद्लाई ५ करोड छुट्याउनु आवश्यक थिएनः राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको बताएका छन्।

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन।

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतक बीच छलफल

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए।

टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैनः एमाले सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन्।

साझा न्युनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुने एमाले सचेतक बर्तौलाकाे चेतावनी

नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।

अन्य देशमा जस्तै उच्च ओहोदाका व्यक्तिहरुलाई कारबाही भएको सुन्न र देख्न मन छः सांसद शाही

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए। प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए।

प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै एमालेले गर्‍यो सांसदलाई बिदाइ

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए। त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे।

राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गरेर नागरिकता विधेयक संसदमा फिर्ता पठाएको एमालेको दाबी

‘यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्