२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै लागि परेको एमाले सचेतक बर्तौलाको आरोप

फाईल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन ।  

प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनको जिकीर थियो । आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्‍याए ।  

सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।  

प्रकाशित: २६ जेष्ठ २०८० १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App