५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

साझा न्युनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।  

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबार(भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने जानकारी दिए।

उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए। आज ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरी भोलीसम्ममा तयार पारिने उनको भनाई छ।

उनले भने, ‘न्युनतम कार्यक्रम बनिराखेको छ। काम भइराखेको छ। हामीले ड्राफ्ट गरिसकेका छौँ। त्यो ड्राफ्ट प्रस्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा। आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने। भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ। मन्त्रीहरुको शपथ पनि चाँडै हुन्छ ।’

उनले मन्त्रीहरुको सपथ पनि चाँडै हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७९ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App