२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।

पचास हजार घुससहित दुई प्रहरी पक्राउ

नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रूपैयाँ घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।

२ लाख घुस लिँदै गर्दा नासु पक्राउ

सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ।

फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो।

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

घुस लिँदालिँदै समातिए सडक कार्यालयका इञ्जिनियर

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्।

नेकपा नेतालाई पक्राउ पुर्जी

किर्ते गरी सरकारी सम्पत्ति हडपेको आरोप लागेका नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरीलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ल झापाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

विहेको आश्वासन दिइ बलात्कार गरेको आरोपमा महरा पक्राउ

विहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ।

बलात्कार आरोपी ८ वर्षपछि पक्राउ

युवतीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका उदयपुरका एक युवा ८ वर्षपछि सोमबार पक्राउ परेका छन्। ०६८ सालमा त्रियुगा नगरपालिका १३ बरुवाखोलामा जवरजस्ती गरी फरार रहेका त्रियुगा ३ का ३७ वर्षीय रामबहादुर विक पक्राउ परेका हुन्।

लागूऔषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बलात्कार आरोपमा डाक्टर पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधिरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ।

अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो(सेतो चीनी) अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल कुलाललाई निकुन्जबाट खटिएर गएको नेपाली सेनाले पक्राउ गरेको हो।

फरार सात थुनुवामध्ये तीन पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गढीमाई मेलाबाट दुई सय ५० पाकेटमार पक्राउ

गढीमाई मेलामा दुई सय ५० पाकेटमारलाई दुई हप्ताको अन्तरालमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्