काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्। काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियरध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई करिब १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०७६ १३:४५ मंगलबार