४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बारा २ मा उपेन्द्र यादव ३९७२ मतले अगाडी

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ३९७२ मतले अगाडी रहेका छन् । पछिल्लो अपडेटअनुसार यादवले ११४३५ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् ।

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ८८८१ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्।

बारा २ को मतगणना ११ बजे देखि हुने

बारा क्षेत्र नम्बर २ को मतगणना विहान ११ बजे देखि शुरु हुने भएको छ । विहान ८ बजे देखि बसेको सर्वदलीय बैठकपछि विहान ११ बजे देखि मतगणना हुने सहमती भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन ।

बारा २ मा उपनिर्वाचन जारी

बारा २ मा उपनिर्वाचन अन्तर्गत बिहान ७ बजे देखि मतदान जारी रहेको छ। एक लाख पाँच हजार २ सय ४८ मतदाता रहेको बारा २ मा ८२ वटा मतदान स्थललाई एक सय ३७ मतदान केन्द्र बनाएर मतदानको व्यवस्था मिलाईएको बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले बताएका छन् ।

बारा ,चितवन र तनहुँमा आज उपनिर्वाचन

प्रतिनिधिसभा सदस्यका लागि आइतबार विभिन्न तीन जिल्लाका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक सबै तयारी मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

‘आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले आचारसंहिता कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवाला निकाय र अधिकारीलाई निर्देशन दिएको छ।

आफ्ना उम्मेदवारलाई भोट माग्न बारामा शिर्ष नेताहरुको ओइरो

बैशाख १० गतेको उपनिर्वाचनलाई लक्षित गरेर बारा २ मा आज सत्ता साझेदार पाँचदलीय गठबन्धन र नेकपा एमालेले छुट्टा छुट्टै चुनावी महासभा गर्दै छन्।

उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती

यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन्।

कांग्रेस नेता कार्यकर्ताहरूलाई पूर्व मन्त्री खाँणको निर्देशन उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्