२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुलिसको साँघुरो जित

जावलाखेलमाथि साँघुरो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सोमबार तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पुलिसलाई रोक्दै चर्च ब्वाइज फाइनलमा

मुख्य दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा भइरहेको अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

नेपाल पुलिस क्लब सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पुलिसलाई प्रकाश स्मृति भलिबल

घरेलु पुरुष भलिबल प्रतियोगिताको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता नेपाल पुलिस क्लबले जितेको छ।

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

संगीता र सन्जु उत्कृष्ट लिफ्टर

नेपाल पुलिसका खेलाडीद्वय संगीता राई र सन्जु चौधरी नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर घोषित भएका छन्।

चेल्सीबाट पुलिसिकको पहिलो गोल

क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३ ले पराजित गरेको छ। खेलको २०औं मिनेटमा पुलिसिकको गोलमा लिएको चेल्सीको अग्रता त्यसको तीन मिनेटपछि नै रस बार्कलीले पेनाल्टीको सदुपयोग गर्दै दोहोरो बनाएका थिए। २८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याएका थिए। ५०औं मिनेटमा जेरोमी ओग्युनेले बललाई जाली चुमाउँदै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसको ७ मिनेटपछि पेड्रोले चेल्सीको अग्रता बढाएका थिए।

पुलिस र बिबिसी क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आर्मी र पुलिसलाई सफलता

विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब आइतबार राजधानीमा जारी ललित मेमोरियल यु–१८ च्याम्पियनसिपमा विजयी भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० ले पराजित गर्दा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो।

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्