२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिस र बिबिसी क्वार्टरफाइनलमा

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब र  ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार भएको खेलमा पुलिसले सरस्वती युथ क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। पुलिसलाई फराकिलो जित दिलाउनका लागि सञ्जु सेनले ह्याट्रिक गरे।

यस्तै रबिन राई र एन्सन राईले समान एक गोल गरे। सरस्वतीले एक गोल आत्मघाती उपहार पाएको थियो। पुलिसका बिजेन राईले आत्मघाती गोल गर्दा सरस्वतीले सान्त्वना गोल पाएको थियो।  पुलिस २ खेलबाट ६ अंकसहित अन्तिम ८ को यात्रा तय भयो। यस समूहमा सरस्वतीले पनि २ खेलमा अंक जोड्न सकेको छैन।

बिहीबारै एन्फा मुख्यालयमा सम्पन्न अर्को खेलमा ब्रिगेडले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो। जितसँगै समूह ‘सी’ बाट क्वार्टरफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको छ। ब्रिगेडलाई जित दिलाउन रोशन रानामगरले दुई गोल गर्दा बृजेश चौधरीले १ गोल गरे। जितपछि ब्रिगेडले २ खेलबाट ६ अंक जोडेको छ।
जावलाखेलले भने अंक जोड्न सकेको छैन। प्रतियोगितामा शुक्रबार च्यासल र संकटा तथा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: २० असार २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App