२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल पुलिस क्लब सेमिफाइनलमा

झापा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वार्टरफाइनलमा एपिएफलाई ५–४ गोलले स्तब्ध बनाउँदै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो। 

पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो। एपिएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए। 

उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए। खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। 

३०औं मिनेटमा पाएको फ्रिकिकमा उनले गोल गरेका हुन् । त्यसअघि खेलको ९ मिनेटमै पुलिसका निरकुमार राईले पाएको अवसर खेर गएको थियो। थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा पुलिस १–० ले पछि परेको थियो। दोस्रो हाफको ३०औं मिनेटमा पुलिसका भोला सिलवालले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।

एपिएफका दुई डिफेन्डरलाई काटेर भोलाले गोल गरेका हुन्। निरकुमार राईलाई खेलको ४६औं मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए। १–० गोलले पछि परेको अवस्थामा खेल उल्टाएको पुलिसका भोला सिलवाल नायक साबित भए। उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार पाउन सफल भए।

पुलिसले पहिलो खेलमा झापा–११ एफसीलाई २–१ गोलअन्तरमा हराएको थियो भने एपिएफले बाइ पाएर सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेको हो। १० वटा टोली सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारतको असाम मोलवे एफसीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ।

दोस्रो क्वार्टरफाइनलमा एपिएफलाई ५–४ गोलले स्तब्ध बनाउँदै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १÷१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो।

प्रकाशित: २० कार्तिक २०७६ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App