१९ आश्विन २०८३ सोमबार
image/svg+xml

दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले चलाएको अनुसन्धान मिसिल र म्याद थपसम्बन्धी सक्कल फाइल इजलासमा पेस गर्न आदेश दिएको छ।

चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते

चितवनको कालिका नगरपालिका-५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

मिडियालाई व्यवस्थित र जिम्मेवार बनाउन बलियो नियामक ल्याउँछौं: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रलाई थप जिम्मेवार, व्यावसायिक र व्यवस्थित बनाउन कानुनमार्फत बलियो एवम् अधिकारसम्पन्न नियामक संयन्त्र तयार पार्न लागिएको बताएका छन्।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्बले घट्यो

सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ।

काठमाडौं, झापा र बाँकेबाट २० जुवाडे पक्राउ

काठमाडौं, झापा र बाँकेका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

‘नेपालले जोखिम मात्रै होइन, जलवायु समाधानको अवसर पनि विश्वलाई देखाउनुपर्छ’

बाह्य विश्वसँग कुरा गर्दा नेपालले नवीकरणीय ऊर्जा र सौर्य ऊर्जाको विकासमा गरेको प्रगति र भविष्यका सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ।

दुई हजार पाँच सय केजी गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र तीन क्लस्टरमा सुरु

महाधिवेशन प्रतिनिधिलाई तीन क्लस्टरमा विभाजन गरी हिमाल, पहाड र तराई–मधेस नामका छुट्टाछुट्टै हलमा बन्दसत्र सञ्चालन गरिएको हो।

ब्राजिलमा फ्लाभियो बोल्सोनारो पहिलो चरणमा अगाडि, अब लुलासँग निर्णायक भिडन्त

लगभग सबै मतगणना सकिँदा फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका छन् भने लुलाको पक्षमा ४५ प्रतिशत मत परेको छ।

प्रतिनिधि अट्ने ठाउँ नपाएपछि खुलामञ्चमै बन्द सत्र गर्नुपर्‍यो : गगन थापा

उनले महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने तयारी पहिल्यै भए पनि बन्द सत्र भने व्यवस्थित र सहज रूपमा सञ्चालन गर्ने पार्टीको चाहना रहेको बताए।

कांग्रेसले १० करोडको अक्षय कोष बनाउने

नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा शहीद, द्वन्द्वपीडित तथा घाइते भएका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ।

सरकारका दुई प्रस्ताव अस्वीकृत भएपछि संसद् भंग, नयाँ चुनाव घोषणा

टेलिभिजन सम्बोधनमा सान्चेजले अब स्पेनी जनताले आफ्नो देशको भविष्यबारे निर्णय गर्ने समय आएको बताए।

किन पठाइयो दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक कारागार ?

प्रशासनले यसलाई विभागबाट हुने नियमित सरुवाको प्रक्रिया भने पनि भट्टलाई नै सिन्धुपाल्चोक पठाउनुपर्ने कारणबारे थप विवरण सार्वजनिक गरेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्