१२ असार २०८१ बुधबार
image/svg+xml

‘सिके राउतलाई राजद्रोहको मुद्दा लगाउनु पर्छ’

नेकपा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएको १३ औँ दिन पारेर अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) ले पोखराको पृथ्वी नारायण क्याम्पसमा श्रद्धाञ्जलीसभा गर्याे। कार्यक्रममा भरतमोहन अधिकारीलाईसमेत सम्झिईएको थियो।

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुनमा नहुने भएको छ। फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने भने पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए। केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले स्पष्ट पारे। ‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘चाँडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्नेछ।’

‘दुई संगठन मिल्दा नेविसंघ भयवित हुन्छ भने फागुन १४ सम्म एकता गर्दैनौं’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशभर पराजय भोग्ने भयले नेविसंघले स्ववियु चुनाव नचाहेको आरोप लगाएका छन्। स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको उनको भनाई छ। स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए। विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्ने पनि उनले विश्वास दिलाए।

‘हामी स्ववियु निर्वाचनबाट भाग्दैनौं, सरकार नै रोक्ने गतिविधिमा लाग्यो’

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनसँग आफ्नो संगठनको रगतको साइनो भएकोले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले आफूहरु निर्वाचनबाट कुनै हालतमा नभाग्ने जिकिर गरे। उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’

स्ववियुकाे ‘विचार’ पुस्तक विमाेचित

काठमाडाैं प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विध्यार्थी युनियनले आइतबार आफ्नो मुखपत्र ‘विचार’ पुस्तक विमोचन गरेको छ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ।

नविना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठनको तयारी, नयाँ अध्यक्ष को ?

अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्।

अनेरास्ववियुमा अधिकारी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्वियु उदयपुरको अध्यक्षमा सरोज अधिकारी चयन भएका छन्। फागुन ४ गते सार्वजनिक अखिलको १५ औ जिल्ला अधिबेशनको नतिजा अनुसार अधिकारीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको हो।

स्ववियु चुनाव गराउन आदेश

सर्वोच्च अदालतले केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तुरुन्त गर्न त्रिभुवन विश्वविद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चुनाव रोकिएका क्याम्पसमा तत्काल प्रक्रिया सुरु गर्न बुधबार यस्तो आदेश दिएको हो।

आरआरमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।

‘बाँकी क्याम्पसमा दुई वर्षपछि मात्र स्ववियु चुनाव’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा. सुधा त्रिपाठीले बुधबार स्ववियुको निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन्।

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा आज

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ।

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

चुनाव जित्नकै लागि एकमुष्ट भर्ना गरिएको विषयलाई लिएर विद्यार्थीबीच विवाद भएपछि जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु चुनाव अन्यौलमा परेको छ। विद्यार्थी विवादका कारण १८ गते स्ववियु चुनाव नहुने निश्चित भएको हो।

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्