१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सिके राउतलाई राजद्रोहको मुद्दा लगाउनु पर्छ’

पाेखरा - नेकपा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएको १३ औँ दिन पारेर अनेरास्ववियुृ तथा अनेरास्ववियु (क्रान्तिकारी) ले पोखराको पृथ्वी नारायण क्याम्पसमा श्रद्धाञ्जलीसभा गर्याे। कार्यक्रममा भरतमोहन अधिकारीलाईसमेत सम्झिईएको थियो।

सोमबार बिहान भएको श्रद्धाञ्जलीसभामा युवा संघको पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहरीले सरकार र सिके राउतबीचको सम्झौतालाई लिएर आफ्नो भनाई व्यक्त गरेका थिए। ‘सरकार र सिके राउतबीच सहमति हुनु स्वागतयोग्य कुरा हो। एउटा पृथकतावादी नेताले हामी नेपालको सार्वभौम र राष्ट्रिय अखण्डतालाई स्वीकाछौँ भन्नु सकरात्मक सन्देश हो,’ उनले भने, ‘तर, हिँजो जनकपुर र तराईका अन्य जिल्लामा सिके राउतकै उपस्थितिमा उनको समूहले गरेको बिखण्डनकारी गतिबिधिलाई सरकारले ख्याल गर्नुपर्छ।’

सरकारसँग भएकाे सहमतिलाई लत्याय सिके राउतलाई गिरफ्तार गर्नुपर्ने पहरीले बताए। नेपालको सार्बभौमसत्तामाथि राउतले ठाडो चुनौती दिएको उनले बताए। सरकारसँग गरेको सहमति राउतले आफ्नो स्वार्थपूर्तीका निम्ती प्रयोग गर्न नहुने उनको अडान थियो। जनकपुर लगायतका जिल्लामा सिके राउत समुहले सहमति लगत्तै गरेका क्रियाकलापलाई ध्यानमा राख्दै उनलाई राजद्रोहको मुद्धा लगाउन पहरीले सरकारलाई आग्रह समेत गरे। कार्यक्रममा राजीव पहरीका साथै नेकपाका नेताहरु गोविन्द नेपाली, राजकाजी गुरुङ लगायतले बोलेका थिए।    

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App