२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारको भण्डाफोर गर्न थलहमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तर्गत वैशाख ११ गते जाजरकोटको थलह बजारमा आयोजना हुने आमसभालाई कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्बोधन गर्ने भएका छन्।

साहित्यकार बसन्तकुमार शर्म्माको निधन

साहित्यकार बसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। शर्म्माको शनिबार दिउँसो २ बजे चाबहिलस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको उनका छोरा विनयकुमार नेपालले नागरिक न्यूजलाई जानकारी दिए।

फाेरमकाे प्रदेश नं १ को अधिवेशनको तयारी पूरा

वैशाख १५ र १६ गते विराटनगरमा हुन लागको संघीय समाजवादी फोरम नेपाल प्रदेश नं १ को अधिवेशनको तयारी पूरा भएको छ। ससफो प्रदेश नं १ तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्वाङले शनिबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हुन्।

निर्माणधिन पुर्वाधारले खेलाडीलाई सास्ती, अस्तव्यस्त पुर्वाधार, अन्यौलमा प्रतियोगिता

आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो। शुक्रबार देखि प्रतियोगिता हुने तय भएको सुटिङ रेन्जमा कुनै चलहपहल थिएन। रेन्ज परिसरमा पुग्दा आधा दर्जन अफिसियल कुर्सीमा बसेर कुराकानी गरिरहेका थिए।

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मत–सम्भार गरी हस्तान्तरण गरेको छ।

सरकारप्रति जनताको विश्वास घट्दो : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको बताएका छन्। उनले एक वर्षमा पनि सरकारले सोचेजति काम गर्न नसकेकाले जनताले विश्वास गर्न नसकेको बताए। देउवाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा कांग्रेस वडा एकाइ समितिले निर्माण गरेको बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै सरकारले जनताको मन जित्न नसकेको बताए। ‘एक वर्ष अवधिमा सरकारले सोचेजति काम गर्न सकेन,’ उनले भने, ‘त्यसले गर्दा जनताले पत्याएका छैनन्।’

कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

नेपाली कांग्रेसले ११ गतेबाट सुरु गर्ने राष्ट्रिय जागरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी संगठन सुदृढीकरण र केपी ओली सरकारविरुद्ध तीन चरणको जागरण कार्यक्रम गर्ने निर्णय कांग्रेसले गरेको छ ।

स्थापना दिवसमा अलगअलग कार्यक्रम

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ नेतृत्वबिहीन बनेको तीन महिना भएको छ। पार्टीका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा नेतृत्वविहीन बनेको संघले शुक्रबार ४९औं स्थापना दिवस मनाएको छ।

कांग्रेसको जागरण अभियानः गगन अछाम, रमेश चितवन, चन्द्र भण्डारी कालिकोटमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ। जागरण अभियान वैशाख ११ बाट सुरु भइ एक महिनासम्म चल्ने छ। कांग्रेसले प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो।

‘जनताले खानेपानी पाएका छैनन्, सरकार रेल र पानीजहाजको कुरा गर्छ’

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार कामभन्दा पनि कुरामा अल्झिएको टिप्पणी गरेका छन्। शुक्रवार नेविसंघ संगठित र प्रशिक्षित अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जनताले खानेपानी नपाएका बेला सरकार रेल र पानीजहाजको सपना बोकेर हिडेको बताए।

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मतसम्भार गरी हस्तान्तरण गरेको छ।

यूएई दूतावासका कर्मचारी नै ‘दलाल’

दूतावासका उपप्रमुख सागर फुयालले म्यानपावरका सञ्चालकसँग पैसा लिएर मागपत्र प्रमाणीकरण गर्नेदेखि आफूनिकट व्यक्तिलाई यूएईका कम्पनीको मागपत्र मात्र प्रमाणीकरण गर्ने गरेको तथ्य नागरिक न्युजले फेला पारेको छ।

विप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ

विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघ स्वर्ण जयन्ती आज

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ।

समृद्धिका लागि निजी क्षेत्र

नयाँ वर्ष २०७६ सालको पूर्वसन्ध्यामा काठमाडौँमा २ दिनसम्म उद्यमी व्यवसायीहरूको महत्वपूर्ण भेला भयो। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभामा देशभरबाट हजारभन्दा बढी उद्यमी व्यवसायी भेला भएका थिए। यसलाई निजी क्षेत्रको कुम्भ मेला पनि मानिन्छ। सरकारले थालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई समेत सहयोग पु-याउनेगरी समृद्धिका आधारबारे छलफल गरी मार्गनिर्देश गर्ने साधारण सभाको मुख्य उद्देश्य थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्