१ आश्विन २०८१ मंगलबार
image/svg+xml

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

दशौं राष्ट्रिय खेलकुद तयारीलाई दुई करोड रुपैयाँ

गण्डकी प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ।

संघीयताले पाएको अवसर

‘दौडिन्छ कर्णाली।’ एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरू जन्मिएका छन्। इतिहास लेखेका छन् अल्ट्राधावक हरिबहादुर रोकायादेखि मीरा राईसम्मले।

दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका

‘दौडिन्छ कर्णाली’। एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरु जन्मिएका छन्। दौडेरै इतिहास लेखेका छन्। अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्मले इतिहास बनाएका छन। त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ। अब भने कर्णाली दशौं राष्ट्रिय खेलकुदको तयारीमा दौडिरहेको छ।

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दैछ कर्णाली

कर्णाली निकै विकट छ। दुुर्गम छ। दुर्गमलाई सुगम बनाउनुपर्ने छ। सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने लक्ष्य लिइएको छ। कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ।

प्रादेशिक रंगशाला निर्माणको काम तीब्र

राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्