१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फुटबल टोलीलाई बिदाइ

एसएफटी दक्षिण एसिया यु–१६ फुटबल प्रतियोगिता खेल्न श्रीलंका जान लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार बिदाइ गरेको छ। यु–१६ को प्रतियोगिता भए पनि नेपालले यु–१५ टोलीलाई सहभागी गराउन लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए।

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

तीन महिनाअघि एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार सरकारबाट पुरस्कृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता २३ खेलाडीका साथै मुख्य प्रशिक्षक ग्योटुको कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसाललाई चेक हस्तान्तरण गरेका थिए।

खेमको नेतृत्वमा फुटबल संघ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङको नेतृत्वमा पश्चिमाञ्चल फुटबल संघ गठन गरेको छ। गुरुङको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति घोषणा गरिएको हो। गुरुङ कास्की एन्फाका पूर्व अध्यक्ष समेत हुन।

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ।

फुटबलको उपाधि सशस्त्रलाई

सशस्त्र प्रहरीको एपिएफ क्लबले पुरुष फुटबलको स्वर्ण जित्दै पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा सुखद अन्त्य गरेको छ। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सातौं खेलकुदको समापन समारोहसँगै आयोजित फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो।

एपिएफ पुरुष फुटबलको फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअर्न्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो।

फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।

पुरुष फुटबल छनोट सुरु

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार झापामा सुरु भएको पुरुष फुटबलको क्षेत्रीय छनोटमा झापा, सुनसरी र ओखलढुंगा विजयी भएका छन्।

फाल्गुनन्द गोल्ड कप फुटबल सर्यो

मेची अञ्चलको प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ सस्करण पुष १५ गते देखि २४गतेसम्म हुने भएको छ । पूर्वाञ्चलमा हुने राष्ट्रिय खेलकुद प्रयोगितासँग जुधेपछि प्रतियोगिता हुने मिति सरेको हो ।

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

ब्राजिलको क्लब स्तरको फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ। विमानमा ७२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्।

झापामा अर्को फुटबल प्रतियोगिता

नेपाली फुटबलको उर्भर भुमिको रुपमा स्थापित झापामा यो वर्षदेखि अर्को गोल्डकप फुटबल प्रतियोगिता थपिने भएको छ। झापामा पछिल्लो समय करिव आधा दर्जन राष्ट्रिय स्तरका प्रतियोगिता हरेक वर्ष हुने गरेका छन्। त्यसमा यो वर्षदेखि प्रथम शरणामती गोल्ड कपका नाममा अर्को प्रतियोगिता मंसिर २० देखी थपिने भएको छ।

फुटबलको महाशक्ति बन्ने चिनिया उद्देश्य

चीनले विश्व फुटबलको महाशक्ति बन्ने उद्देश्यमा शुक्रबार जर्मनीसँग फुटबलीय आदान प्रदानको सम्झौता गरेको छ। फुटबललाई निकै माया गर्ने जर्मन चान्सलर एन्जेला मोर्केल र चीनका राष्ट्रपति सी जिनपिङबीचको कुराकानीपछि पाँचवर्षे सम्झौता भएको हो।

बन्द प्रशिक्षणबाट छानिए ४२ महिला फुटबलर

साफ च्याम्पियनसिप महिला फुटबल तयारी गरिरहेको नेपालले बन्द प्रशिक्षणबाटमंगलबार ४२ खेलाडी छनोट गरेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई साताअघिबाट भारतमा हुने चौथो साफ फुटबलका लागि बन्द प्रशिक्षण सुरु गरेको थियो।

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्